प्रतिनिधिसभाको १० भन्दा बढी बैठकमा अनुपस्थित हुने ३ सांसद


काठमाडाैं- प्रतिनिधिसभाको १० भन्दा बढी बैठकमा लगतार अनुपस्थित हुने सांसदहरूको संख्या तीन जना रहेको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

सांसद वसन्त कुमार नेम्वाङ १७ माघ २०८० देखि २ वैशाख २०८१ सम्म १२ वटा बैठकमा अनुपस्थित भएका छन् । उनी बिरामीका कारण अनुपस्थित भएका हुन् । यस्तै सांसद मनोरमा शेरचन २९ फागुन २०८० देखि २ वैशाख २०८१ सम्म १३ वटा बैठकमा अनुपस्थित भएकी छन् । उनको थेरापी चलिरहेकाले अनुपस्थित भएको जनाइएको छ ।

त्यस्तै सांसद सोनु मुर्मु पनि १४ फागुन २०८० देखि ७ चैत २०८० सम्मका १० वटा बैठकमा उनी अनुपस्थित भएकी थिइन् । आमा र श्रीमानको उपचारका लागि भारत जानुपर्ने भएकाले उनी अनुपस्थित भएको जनाइएको छ ।

प्रतिक्रिया