आफ्नै बारीमा आगो लगाउँदा किन पक्राउ परे काभ्रेका मैते ?


काभ्रे- काभ्रेमा आगजनी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ  ।

मण्डनदेउपुर नगरपालिका- ११ तर्किनटार बस्ने ३१ वर्षीय मैते तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै बारीमा आगो लगाउँदा नजिकैको जंगलमा पनि सल्किएको थियो ।

आगो फैलिँदा काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिँचाइ परियोजनाको सोलारका तार, पाइप लगायतमा क्षति पुगेको थियो ।  आगजनी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया