सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट


सिन्धुली – सिन्धुलीमा एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका-४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट भएको हो।

विस्फोटको सूचनापछि बिहानै २ बजे प्रहरीको टोली घटनास्थल पुगेको थियो।

विस्फोटबाट एनसेलको टावरका केही तारहरू जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विस्फोट भएको स्थानमा जनमुक्ति सेना नेपाल नेपाल लेखिएको पर्चा भेटिएको छ।

यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम विस्फोट भएको थियो।

विस्फोट गराउनेहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया