आइपिएलः पञ्जाबविरूद्ध सनराइजर्स २ रनले विजयी, आज राजस्थान र गुजरात भिड्दै


काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन मात्र बनाए पछि खेल २ रनले हारेको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

आइपिएलअन्तर्गत आज एक खेल हुदै छ ।

आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा राजस्थान रोयल अपराजित रहदै चार खेलमा जित हासिल गरेर ८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।

प्रतिक्रिया