कृषि विकास निर्देशनालयका तत्कालीन निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडाैं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

२८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई जरिवाना र कैद सजायको मागदाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

प्रतिक्रिया