सल्युट नगरेको भन्दै सिंहदरबारभित्रैका हवल्दारले जवानलाई थप्पड हाने


काठमाडौं । सिंहदरबार सिंहदरबारभित्रैका एक हवल्दारले जवानलाई थप्पड हानेका छन् । सिंहदरबार सुरक्षा गणमा कार्यरत् प्रहरी जवान सुन्दर सिंहलाई हवल्दार उज्जवल भण्डारीले अर्थ मन्त्रालयभित्र  दुर्व्यवहार गरेको स्रोतले बताएको छ ।

मंगलबार बिहान  किन सल्युट नगरेको भन्दै प्रहरी जवान सिंहलाई भण्डारीले थप्पड हानेको प्रहरीले जनाएको छ । यसबारे बुझिरहेको उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले बताएका छन् ।

प्रतिक्रिया