नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको खेल कहिले कहिले ?


काठमाडौं- वेस्ट इण्डिज ‘ए’ टिम नेपाल टुरमा आउने भएको छ ।  वेस्ट इण्डिज ‘ए’ टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ ।

यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ ।

प्रतिक्रिया