डडेल्धुराको एक सहकारीबाट ११ लाख चोरी, चोरले सिसिटिभीको रेकर्डर पनि लगे


डडेल्धुरा- डडेल्धुराको एक सहकारीमा चोरी भएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ४ कटालमा रहेको शिर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख तथा प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार शुक्रबारदेखि सहकारीको कार्यालय बन्द रहेको थियो ।

आइतबार बिहान कार्यालय खोल्दा उक्त घटना भएको थाहा पाएपछि सहकारीले प्रहरीलाई जानकारी गरेको थियो । झ्याल फोडेर चोरी भएको बताइएको छ। चोरीमा संलग्नले सिसिटिभि क्यामेराको रेकर्ड डिभाइस पनि लगेर गएको प्रहरीले बताएको छ ।

स्थानीयले भने चोरी शंकास्पद रहेको बताउँदै आइरहेका छन् ।

प्रतिक्रिया