

मन्दिरभित्र मृत भेटिए डिलबहादुर

मकवानपुर- मकवानपुरकाे मनहरीस्थित शिव मन्दिरभित्र एक पुरुष मृत फेला परेका छन्।
मनहरी गाउँपालिका- ७ मनहरी बजारमा रहेको शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक राक्सिराङ गाउँपालिका- २ निङराङका डिलबहादुर थिङ रहेको प्रहरीको भनाई छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ ।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

