भिक्षुमाथि प्रहरीको बुट


काठमाडौं-  शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । भिडियाेमा एक बौद्ध भिक्षुमाथि प्रहरीले लाठी र लातसमेत हानेका छन् ।

अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो । सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबिच झडप भएको थियो । भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई हानेको थियाे ।

प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको बताइएकाे छ ।

प्रतिक्रिया