इलाम-२ मा डा. बाबुराम भट्टराईले पहिचानवादी उम्मेदवार थेगिमलाई समर्थन गर्ने


काठमाडौँ – डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ।

पहिचानवादीको तर्फबाट उम्मेदवार बनेका थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै बताएका हुन्।

‘परम्परागत राजनैतिक दलहरूको सिन्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चङ्गुलबाट देशलाई अग्रगामी निकास दिन आवश्यक छ, ‘विज्ञप्तिमा भनिएको छ,’अतः समतामूलक समृद्धि, पहिचान र सामर्थ्य सहितको संघीयता, सुशासनरसदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरूमा हाम्रो पार्टी हार्दिक आव्हान गर्दछ ।’

थेगमलाई सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले पनि समर्थन गरेको छ।

प्रतिक्रिया