दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ जना घाइते


काठमाडौँ – दोलखामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्लाको कालिन्चोक गाउँपालिका-२ कुटिस्याङबाट सिंगटी तर्फ आउँदै गरेको लु ३ त १७१४ नं. को ट्याक्टर आज बिहान १० बजेतिर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक-२ बाबरे बस्ने अन्दाजी ३६ वर्षीया सन्चीमाया थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया