

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा

काठमाडौं- राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचनको मिति तोकिएको छ ।
अध्यक्ष नारायणप्रसाद दाहालले चैत २८ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको बताए ।
आजको बसेको राष्ट्रियसभाको बैठकमा नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्वाचनको सम्बन्धी सूचना प्रकाशन गर्न निर्देशन समेत दिए ।

