दार्चुलामा करेन्ट लागेर महिलाको मृत्यु भएपछि स्थानीयद्वारा सडक अवरुद्ध


दार्चुला- दार्चुलामा करेन्ट लागेर महिलाको मृत्यु भएपछि क्षतिपूर्तीको माग गर्दै स्थानीयहरुले गोकुलेश्वर –गण्न्ना सडक अवरुद्ध गरेका छन् ।

करेन्ट लागेर गम्भीर घाइते भएकी दार्चुलाको शैल्यशिखर १ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मंगलबार राति मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय आन्दोलित भएका हुन् ।

चैत ९ गते बाख्रा चराउने क्रममा तितरालाई करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । उनको काठमाण्डौंस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको हिजो राति निधन भएको हो ।

विद्युत प्राधिकरणले भुईमा लत्रिएको तारमा छोएर करेन्ट लागेको बताएको छ । तर स्थानीयहरुले भने होचो पोलका कारण छोइएर करेन्ट लागेको बताएका छन् ।

पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने, विद्युत प्राधिकरणसँग भएको सहमति अनुसार उपचार खर्च दिनुपर्ने लगायतका माग राखेर मृतकका आफन्त र स्थानीयहरुले बुधबार बिहानैदेखि गोकुलेश्वर–गण्ना–लटिनाथ सडक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया