अमेरिकी राष्ट्रपतिको विमानबाट पत्रकारहरूले चोरे सामान, तकियाको खोलसमेत छाडेनन्


काठमाडौं- अमेरिकी राष्ट्रपतिको विमानबाट सामान चोरी भएकाे पाइएकाे छ । फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडन देशको पश्चिमी तटको यात्रामा रहेका बेला उनकाे विमानमा रहेका सामान चाेरी भएकाे हाे ।

यात्रापछि उनको विमान ‘एअरफोर्स वन’ का सामान रुजु गर्दा कयौँ सामान गायब भएको पाइएको थियो । तकियाको खोल, प्लेट, ग्लास लगायतका सामान अमेरिकी राष्ट्रपतिको विमानबाट हराएका थिए  ।

अमेरिकाका पत्रकारहरूलाई अमेरिकी राष्ट्रपतिको विमानबाट सामान चोरी नगर्न चेतावनी दिइएको छ ।  ह्वाइट हाउस हेर्ने पत्रकारहरूको संगठन ‘दि ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसन’ले चेतावनी दिँदै राष्ट्रपतिको विमानबाट सामान लैजान वर्जित रहेको जनाएको छ ।

 

प्रतिक्रिया