
ऋषव पन्तलाई किन भयाे १९ लाख जरीवाना ?
काठमाडौं- इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको छ ।
आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्सविरुद्धको खेलपछि पन्तलाई यो जरिवाना लगाइएको हो । पन्त स्लो ओभर रेटमा दोषी ठहर भएका थिए ।
आईपीएलको १७औं सिजनमा दिल्ली क्यापिटल्सले आइतबार पहिलो जित हात पारेको थियो । टोलीले डिफेन्डिङ च्याम्पियन र पहिलो २ खेल जितेको चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको थियो ।



कागजपत्र |
