महालेखा परीक्षकमा रायमाझी सिफारिस


काठमाडौं- सरकारले महालेखापरीक्षकमा तोयम रायमाझीलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को बिहान बसेको बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको हो ।

प्रधानमन्त्री निवास बालुवारमा सम्पन्न बैठकले ६ वर्षे कार्यकालका लागि रायमाझीलाई सिफारिस गरेको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । रायमाझी अहिले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।

प्रतिक्रिया