नेपाल आयात हुने बिजुलीको मूल्य बढ्यो


काठमाडौं – भारतले नेपाल आयात हुने विद्युतको महसुल बढाइएको पाइएको छ ।

नेपाल र भारतबीच पावर एक्सचेन्ज कमिटीको बैठकमा मुल्य बढाउने निर्णय भएको हो । फागुन २८ गते बसेको उक्त बैठकमा मूल्य बढाउन भारतले गरेको प्रस्तावमा सहमति भएको पाइएको छ ।नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली बैठकका लागि दिल्ली पुगेको थियो ।

नयाँ बढेको मूल्य अप्रिल १ देखि अर्थात चैत १९ गते सोमबारदेखि लागु हुनेछ । अहिले भारतबाट ३३ केभीबाट आयात हुने बिजुली ८.२८ भारु (१३.२४८ रुपैयाँ) प्रतियुनिट थियो । अब ८.६५ रुपैयाँ भारु १३.८४ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ । १३२ केभीबाट आयात हुने बिजुली ७.६४ रुपैयाँ भारु (१२.२२४ रुपैयाँ) प्रतियुनिट थियो । अब ७.९८ भारु अर्थात १२.७७ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने छ ।

नेपालले भारतबाट ६०० मेगावाटसम्म विद्युत् आयात गरेर व्यवस्थापन गरिरहेको छ । केहि दिन पहिले मात्रै भारतबाट आयात हुने बिजुलीको इजाजत तीन महिनाका लागि नवीकरण भएको छ ।  नेपालले भारतबाट ५ वर्षका लागि विद्युत् आयात गर्ने सम्झौता गरेको छ । तर यो सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । सम्झौताको अवधि मार्च ३१ अर्थात चैत १८ गते आइतबार सकिन लागेको थियो ।

भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) आयातका लागि तीन महिनाको समय थपिदिएको हो । एक वर्षका लागि नवीकरण हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्रै सम्झौता नवीकरण गरेको छ ।

प्रतिक्रिया