दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु


काठमाडौँ – दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलस्थित चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १३ वर्षीया बालिका शर्मिला कँडेल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । एक्कासी परेको चट्याङले शर्मिला गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागी प्रदेश अस्पताल सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया