धनगढीबाट काठमाडौं उडेकाे श्रीकाे जहाज भैरहवामा आपतकालीन अवतरण


काठमाडौं- धनगढीबाट काठमाडौं उडेकाे श्री एयरलाइन्सकाे जहाज  भैरहवामा आपतकालीन अवतरण गरेकाे छ ।  उडेकाे झन्डै अढाई घण्टापश्चात् भैरहवामा आपतकालीन अवतरण गरेकाे हाे ।

माैसम बिग्रिएपछि काठमाडौंमा अवतरण गर्न नसकेर भैरहवामा साढे ९ बजेतिर आपतकालीन अवतरण भएकाे थियाे । जहाज आज बिहान ७ बजेर १२ मिनेटमा उडेकाे थियाे ।

८० सिट क्षमताको जहाजमा ७७ जना यात्रु सवार थिए ।

 

प्रतिक्रिया