महराको बयान आज पनि लिइँदै, बयान नसकिए आजै म्याद थपिने


काठमाडौं — सरकारी वकिलको कार्यालयमा सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग आज पनि बयान लिइने भएको छ ।

कपिलवस्तुबाट पक्राउ परेका महरामाथि हिजो (बुधबार) देखि बयान सुरू भएको थियो। महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई अनुमति दिएको छ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।

आज बयान नसकिए पुनः म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

यसै प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया