काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
काठमाडौं- आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले अहिले पनि कोशी र मधेश प्रदेशका एकदुई स्थानहरूमा वर्षा भइरहेको छ ।
हाल देखिएको मौसमी प्रणालीले माथिल्लो र तल्लो दुबै वायुमण्डलमा प्रभाव पारेको हुँदा शनिवारसम्मै पानी पर्ने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुनेछ ।
आजभन्दा भोलि कम पानी परेपनि शनिवार भने शुक्रवारको तुलनामा पानी पर्ने मात्रा बढी हुन सक्ने मौसमविद्को भनाइ छ ।
विशेषगरी चितवनदेखि पूर्वी तराईमा पानी पर्ने क्रम बढी रहेकाले आवश्यक सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन् ।