नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग


काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आइपुगेका छन् ।

सोमबार ४ बजे नेपाल आईपुगेका उनलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका हुन् ।

आईसीसी अध्यक्ष ग्रेग भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हुन् । उनी आइतबार राति सम्पन्न महिला प्रिमियर लिगको फाइनलमा सहभागी हुन भारत भएका थिए ।

बार्कले चैत ८ सम्म नेपालमा बस्नेछन् । उनले नेपालमा टीयु र मुलपानी क्रिकेट मैदान भ्रमण गर्नेछन् ।

त्यस्तै नेपाल भ्रमणमा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया