नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७० प्रतिशत उत्तीर्ण


काठमाडौं – नेपाल नर्सिङ परिषद्ले लिएको नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परिषद्ले शनिबार लिएको पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको हो ।

पीसीएल र बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा कुल ७० प्रतिशत उत्तीर्ण भएका छन् ।

जसमा पीसीएलतर्फ परीक्षामा सहभागी भएका ४ हजार ५६७ जनामध्ये ३ हजार २५५ जना (७१.२७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

यता,बीएस्सी नर्सिङ तर्फ ४४५ सहभागी भएकोमा २६८ जना अर्थात ६०.२२ प्रतिशत उत्तीर्ण भएका छन्।

प्रतिक्रिया