


जङ्गलकाे डढेलाे बस्तीमा सल्किदा भाेजपुरमा ६ घर जले

भोजपुर- भोजपुरमा जङ्गलमा लागेकाे डढेलाे बस्तीमा सल्किँदा ६ वटा घर जलेर नष्ट भएका छन् ।
भाेजपुर नगरपालिका वडा नम्वर १२, टक्सारको मालबाँसेमा आगलागी भएको हाे ।
शनिबार दिउँसो जंगलबाट सुरु भएको डढेलो हावाहुरीका कारण बस्तीमा सल्किँदा ६ घर जलेर नष्ट भएका प्रहरीले जनाएकाे छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना र प्रहरीसहित स्थानीय बासिन्दाहरू जुटेका छन् ।

