५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्दै नबिल बैंक


काठमाडौं – नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार प्रतिइकाइ १०० रुपैयाँ दरका ५ करोड इकाइ अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्न लागिएको हो ।

नियामक निकायले स्वीकृत दिएपछि मात्रै उक्त सेयर जारी गर्ने बैंकले जनाएको छ ।

उक्त इकाइ खरिद गर्नेहरुले प्रतिवर्ष ८ प्रतिशतका दरले लाभांश पाउने छन् र उक्त इकाइहरु ८ वर्षपछि स्वत सेयरमा परिणत हुनेछ । यो उपकरणलाई नबिल बैंकले ८ प्रतिशत नबिल डिबेञ्चर २०७९ नाम दिएको छ ।

 

प्रतिक्रिया