३ नयाँ प्रदेश प्रमुखले लिए सपथ


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

बुधबार राष्ट्रपति पौडेलले मधेस प्रदेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँलाई प्रदेश प्रमुखमा शपथ गराएका हुन् ।

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

त्यस अनुसार नै राष्ट्रपति पौडेलले उक्त सिफारिस स्वीकृत गरी पदमुक्त गरेका थिए। उनीहरु तीनैजना कांग्रेस निकटका थिए । अहिले एमाले निकटका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाइएको हो ।

प्रतिक्रिया