

डुंगा दुर्घटनाको ३ दिनपछि ११ मछुवाको उद्धार, २२ अझै बेपत्ता

इन्डोनेसिया – समुद्रमा डुबेको डुङ्गामा झुण्डिएर तीन दिनको पखाईपछि इन्डोनेसियाका ११ जना मछुवाको सबुशल उद्धार भएको उद्धारकर्ताहरूले बुधबार बताएका छन्।
दक्षिण सुलावेसी प्रान्तको दुर्गम सेलेयार टापु नजिकैको समुद्रमा शनिबार कम्तीमा ३५ जना चालक दलका सदस्य रहेको डुङ्गा डुबेको थियो । डुङ्गामा रहेका ११ जना मछुवा समुद्रमा तैरिरहेको खवस्थामा तीन दिनपछि दुई छुट्टाछुट्टै टापूमा फसेको अवस्थामा फेला परेका हुन् ।
खराब मौसमका कारण डुङ्गा पल्टिएको स्थानीय खोज तथा उद्धार निकायले जनाएको छ ।
स्थानीय सरकारी अधिकारी एन्डी काको आम्रासले एएफपीसँग भने, “उनीहरु तीन दिनदेखि समुद्रमा तैरिरहेका थिए, पानीको प्रवाहले उनीहरूलाई सेलेयारको पु¥याएको थियो । ती दुई जना छुट्टाछुट्टै टापुमा भेटिएका थिए ।
डुङ्गा मार्च ३ मा उत्तरी जकार्ता बन्दरगाहबाट पश्चिम नुसा तेङ्गारा प्रान्तको लोम्बोक टापुतर्फ जाँदै गरेको थियो । उद्धारकर्तालाई घटनास्थल पुग्न पाँच घण्टा लागेको उनले बताए ।
सरकारी समाचार संस्था अन्तराका अनुसार स्थानीय मछुवाहरूले उनीहरूलाई देखेपछि र अधिकारीहरूलाई खबर गरेपछि ती व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको थियो ।
अमरासका अनुसार ९३ टन तौल भएको उक्त जहाजमा माछा समात्ने उपकरण, जाल, ढुङ्गा, डोरी, नरिवलको पात र माछा मार्ने रडजस्ता उपकरणहरू थिए ।
डुङ्गामा ३५ जना सवार थिए भने २२ जना हराइरहेका छन् यद्यपि इन्डोनेशियाको उद्धार एजेन्सीले ३७ जना सवार डुङ्गामा रहेका २४ जना हराइरहेको जनाएको छ ।

