पपुवान्युगिनीविरुद्ध नेपालको खराब सुरूवात, ३७ रनमै ४ विकेट गुम्यो


काठमाडौं – पपुवान्युगिनीविरुद्ध नेपालले खराब सुरूवात गरेको छ ।

हङकङमा जारी त्रिदेशीय टी–२० सिरिज अन्तर्गतको फाइनल खेलमा पिएनजीले दिएको १७२ रन पछ्याउने क्रममा नेपालले ३७ रन बनाउँदा आफ्ना माथिल्ला चार विकेट गुमाइसकेको छ ।

नेपालका ओपनरद्वय कुशल भुर्तेल, विनोद भण्डारी, कप्तान रोहित पौडेल र गुल्सन झा आउट भइसकेका छन् ।

नेपालका भुर्तेल ५ रनमा आउट हुँदा भण्डारीले ४ रन बनाए भने कप्तान पौडेलले १२ रन बनाए भने गुल्सन झा ६ रनमा आउट भए । अहिले नेपालका लागि आरिफ शेख र सन्दीप जोराले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया