सन्दीप लामिछाने पुनरावेदनका लागि पुगे उच्च अदालत पाटन


काठमाडौं — नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमाडौंको फैसलामाथि पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका छन् ।

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपले जिल्लाको फैसलाको पुनरावेदन गर्नका लागि आजै निवेदन दर्ता गर्ने पनि जनाइएको छ ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसलामाथि चित्त नबुझेपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् ।

प्रतिक्रिया