महिलाको गोप्य फोटो र भिडियो परिवारलाई पठाउने युवक पक्राउ


काठमाडौं- महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका- ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबिच म्यासेन्जरमार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको थियो । सम्बन्ध बिग्रिएपछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्र हत्या गरेपछि उनलाई पक्राउ  गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनलाई अदालती कारबाहीको लागि सम्मानित काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।

प्रतिक्रिया