
नेपाल ‘ए’ लाई २४१ रनको लक्ष्य
काठमाडौं – नेपाल ‘ए’ ले क्यानडासँग जितका लागि २४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएपछि नेपालले २४१ रनको लक्ष्य पाएको हो ।
क्यानडाका लागि श्रेयस मोभ्याले ६५ रनको उत्कृष्ट पारी खेलेका थिए ।
त्यस्तै नभनि धालिवालले ४६ रन बनाएका थिए भए श्रीमन्था विजयारत्नेले ४१ रन बनाएका थिए ।
नेपालका लागि शाहाब आलमले ३ विकेट लिएका थिए भने रसिद खान र शेर मल्लले २/२ विकेट लिएका थिए । त्यस्तै सागर ढकाल र बसिर अहमदले १/१ विकेट लिएका थिए ।
मूलपानी मैदानमा जारी सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।



कागजपत्र |
