नेपाल ‘ए’ र क्यानडाबीचको दोस्रो खेल आज


काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ।

यी दुईबीच सम्पन्न पहिलो खेलमा आइतबार क्यानडाले चार विकेटको जित हात पारेको थियो ।

दोस्रो खेल आज बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ।

सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन्।

नेपाल ‘ए’ टिम

विनोद भण्डारी (कप्तान), प्रतिश जी।सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया

 

प्रतिक्रिया