सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई कार्यकक्षमै मोसो दलियाे


काठमाडाैं- सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोसो दलिएको छ ।

मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) का नेता तथा कार्यकर्ताहरूले आज अधिकारीलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन् ।

उपाध्यक्ष अधिकारीले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा–बढुवालगायतमा अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

उनले कर्मचारीको वृत्ति विकासमा विभेद गरेको, आन्तरिक क्रियाकलापमा राजनीति घुसाएको र भाग माग्ने गरेको जनाउँदै मोसो दलिएको अनेरास्ववियू (क्रान्तिकारी) ले बताएको छ ।

प्रतिक्रिया