सरस्वतीको मूर्ति सेलाउन जाने स्थानीयमाथि मुस्लिम समुदायद्वारा ढुंगामुढा


रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप चएको छ ।

झडपकै क्रममा एकजना घाइते भएका छन्। ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको छ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि एक्कासि ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको प्रत्यक्षदर्शीले स्थानीय बताएका छन्। सो क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मूकदर्शक बनेको एक स्थानीयले बताए । हाल हिन्दु समुदायका मानिसहरू मूर्ति बाटोमा राखेर धर्नामा बसेका छन्।

घटनाको खबर लगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ घटनास्थल पुगेका छन्।

 

प्रतिक्रिया