…अनि दिपेन्द्रले आफैलाई मारे


काभ्रेपलाञ्चोक-  काभ्रेपलाञ्चोकका २२ वर्षीय दिपेन्द्र हुमागाईंले विदेश गएर कमाउने सपना देखेका थिए । न्यूजिल्याण्ड जानका लागि उनले एक दलाललाई १२ लाखसमेत दिए । तर, दलालले उनलाई जर्जिया पुर्याइदियो । त्यसपछि त्यहाँको प्रहरीले पक्राउ गरेर नेपाल डिपोर्ट गरिदिएको थियो ।

पनौती नगरपालिका–२, कुशादेवी पातीखोरियाका हुमागाईंले बिदेशबाट फर्कनासाथ आत्महत्या गरे । गत साता नेपाल आएका उनी निकै तनावमा थिए । दलालको पछि लागेर पैसा डुबेपछि अस्ति आफ्नै घरमा उनले आत्महत्या गरेको बताइएको छ ।

उनको हिजो दाहसंस्कार गरिसकेको पारिवारिक स्रोतले जनाएको छ । दिपेन्द्र घरका कान्छा छोरा थिए । उनको दाइ पनि विदेशमै छन् ।

प्रतिक्रिया