‘क्लिन स्वीप’ र सान्त्वना जितको खोजीमा नेपाल र क्यानडा


काठमाडौं – नेपालले आज कीर्तिपुर मैदानमा क्यानडाविरुद्धको तेस्रो एक दिवसीय सिरिज खेल्दैछ।

बिहीबार र शनिबार भएका दुई खेलमा विजयी भएर एक खेल अगाडि नै च्याम्पियन भएको नेपालले सिरिजको अन्तिम खेल आज खेल्न लागेको हो ।

सिरिजको अन्तिम खेल आज बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले सात रनको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा चार विकेटले विजयी भएको हो ।

तीन खेलको सिरिजमा दुई खेल जितिसकेको नेपाल एक खेल अगाडि नै च्याम्पियन बनेको हो ।

आजको खेलमा जित हात पार्दै सिरिज क्लिन स्वीप गर्ने लयमा नेपाल रहेको छ भने क्यानडाले सान्त्वना जितको खोजीमा रहनेछ ।

प्रतिक्रिया