अब छोरी जन्मिनेबित्तिकै २५ हजार रुपैयाँ पाइने


पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको छ ।

पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने निर्णय गरेको बताइएको छ ।

पालिकाले बालविवाह रोक्न र शिक्षामा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नाममा २५ हजार उपलब्ध गराउँदै आएको छ । तर गाउँपालिकाले केही शर्त राखेको छ। जसमा पालिकाले कार्यविधि नै बनाएर अगाडि बढेको छ।

प्रतिक्रिया