बालकुमारी घटना प्रकरण : छानबिन आयोगले लियो मन्त्री ज्वालाको बयान


काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बयान लिएको छ । ललितपुरको बालकुमारी घटनाबारे छानबिन गर्न बनेको आयोगले यसै साता मन्त्री ज्वालाको बयान लिएको हो ।

आयोगका अध्यक्ष शेखर पौडेलले भने-“हामीले घटनाका जिम्मेवार सबै पक्षको बयानको काम लगभग सकेका छौँ । मन्त्री प्रकाश ज्वालाको पनि केही दिनअघि बयान लिइसक्यौँ’ ।

मन्त्री ज्वालाको बयानसँगै अब आयोगले छानबिनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गत पुस १३ गते बालकुमारीमा प्रहरीले गोली चलाएको थियो सोही क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो ।

घटनामा मन्त्री ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो समेत जलाइदिएका थिए । सोही घटनाको छानबिन गर्न सरकारले पुस १६ गते उच्च अदालत पाटनका पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अरुण बीसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

 

 

प्रतिक्रिया