

सुदूरपश्चिम विश्वविद्यालयद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान

काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ ।
उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट माघ २५ गते स्वीकृत कार्यविधिअनुसार शुक्रबार दरखास्त आव्हान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिमा उल्लेखित कागजातसहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा १० दिनभित्र विश्वविद्यालय अनुदान आयोगमा दरखास्त पेश गर्नसक्ने सार्वजनिक सूचनामा उल्लेख छ ।
कार्यविधि नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट र विश्वविद्यालय अनुदान आयोगमा छ ।

