कोशी सरकार र पहिचानवादीबीच आज पुन: वार्ता सुरु


विराटनगर – कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोली र कोशी प्रदेश सरकार बीच पुन वार्ता शुरु भएको छ ।

हिजो एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको वार्ता आज बिहान पुनः शुरु भएको हो ।

प्रदेशको नाम प्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि भौतिक पूर्वाधार विकास मन्त्री कमल जवेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको थियो । सो वार्ता टोलीले वार्ताको आव्हान गरेपछि पहिचान पक्षधरहरूले बुधवार ११ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

प्रदेश नम्बर १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले वार्ता टोली गठन गरेपछि हिजोबाट वार्ता शुरु भएको हो ।

 

प्रतिक्रिया