
क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता
काठमाडौं- क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा नेपालका लागि कप्तान रोहित पौडेलले तेस्रो विकेट लिएका छन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रोहितले तेस्रो विकेट लिएका हुन्।
उनले क्यानडाका प्रगत सिंहलाई ५० रनमा पभिलियन फर्काए । रोहितले उनको विकेटसँगै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी पनि तोडेका छन् ।
यसअघि नेपालका लागि सोमपाल कामी र रिजन ढकालले विकेट लिए । नेपालले दिएको २२५ रनको लक्ष्यमा क्यानडाले जवाफी ब्याटिङ गरिरहेको छ ।



कागजपत्र |
