क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं — क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पोडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालको टोलीमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

 

प्रतिक्रिया