एसियन कप फुटबलः उपाधिका लागि कतार र जोर्डन भिड्ने


काठमाडौं — एसियन कप फुटबलको उपाधिका लागि कतार र जोर्डन भिड्ने भएका छन् ।

लगातार दोश्रो पटक फाइनलमा प्रवेश गर्ने क्रममा कतारले इरानलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।

कतारको राजधानी दोहामा भएको खेलमा पहिलो अग्रता इरानले लिएको थियो । खेल सुरु भएको चौथो मिनेटमानै इरानका सरदार अजमुनको गोल गर्दै टिमलाई सानदार सुरुवात गराएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको १७औं मिनटमा जसिम अब्दुलसलामले गोल गरेपछि खेलमा कतारले कमब्याक गरेको थियो । खेलको ४३औं मिनटमा अकरम अफिफकले गोल गर्दै कतारले २–१ को अग्रता कायम गरेको थियो ।

पहिलो हाफ २–१ ले अग्रता बनाएको कतारले दोश्रो हाफको ५१ औँ मिनेटमा गोल खायो । अलिरेजाले इरानका लागि पेनाल्टीमार्फत दोस्रो तथा बराबरी गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो । तर खेलको ८२औं मिनटमा अल्मोज अलीले कतारका लागि तेस्रो गोल गरेपछि आयोजक कतार लगातार दोश्रो पटक फाईनल प्रवेश गर्न सफल बन्यो ।

कतारले अब १० फेब्रुअरीमा हुने फाइनल खेल हुनेछ ।

प्रतिक्रिया