

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने छ ।
आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।

