भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने


काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतमा हुने लोकसभाको चुनावअघि उनी नेपाल भ्रमणमा आउने भएका हुन् । यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्ममा मोदी नेपाल भ्रमणमा आउनेछन् ।

परराष्ट्र मन्त्रालय स्रोतले मोदी नेपाल भ्रमणमा आउन लागेको बताएको छ । तर, समय र मिती भने तय भइसकेकाे छैन ।

यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।

 

प्रतिक्रिया