

नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं। सर्लाहीको हरिवनबाट नक्कली नेपाली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्।
हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागुऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो सर्लाही प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रौतहट माधव नारायण नगरपालिका-२ बस्ने ३६ वर्षीय संजय सहनी र सर्लाही बलरा नगरपालिका-७ बस्ने २३ वर्षीय अम्रेन्द्र महरा रहेका छन् ।
मोटरसाइकललाई जाँच गर्न खोज्दा दुवै चालकहरू भाग्न खोजेपश्चात प्रहरीले नियन्त्रणमा लिएको थियो। सन्जयको साथबाट उक्त परिमाणको नक्कली नोट र अम्रेन्द्रको साथबाट लागूऔषध गाँजा फेला पारी पक्राउ गरेको हो ।

