

बसको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी जवानको मृत्यु

बाँके- बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–८ घर भई जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान विकास डाँगीको दुर्घटनामा परी मृत्यु भएको हो ।
आइतबार दिउँसो नेपालगञ्ज उपमहानगरपालिका–१८ मा भे १ ख १६९७ नम्बरको माइक्रो बसले लु १ ब २९३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते प्रहरी जवान डाँगीलाई नेपालगञ्ज नरसिंह होममा उपचारका लागि पुर्याइएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

