पहिलोपटक नेपालगञ्जबाट कैलाश मानसरोवरतर्फ उडान


काठमाडाैं- नेपालको इतिहासमै पहिलोपटक नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरमा उडान भएको छ । श्री एयरलाइन्सको ’सिआरजे नाइनएन एमबी’ विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान भरेको हो ।

सोमबार एयरलाइन्सले प्रेस नोट नारी गर्दै नेपाली भू–भागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको जनाएको छ । श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो ।

क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु बोकेर उडान गरिएकाे बताइएको छ ।

 

प्रतिक्रिया