


ललितपुरमा मृत भेटिएकी जर्मन महिलाको परिचय खुल्यो, घटना शंकास्पद

काठमाडौं- ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको मृत्यु शंकास्पद देखिएको छ ।
जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी नाम गरेकी मृतक महिलाको टाउकोमा चोट देखिएको छ ।
अन्दाजी ५५ वर्षीया उनी राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी हुन् ।

